मुक्तिनाथ विकास बैंकले अर्घाखाँचीको सन्धिखर्कमा रहेको ‘एभरेस्ट ओल्ड होटेल अर्घाखाँची प्रालि’ र ‘छाया अस्पताल प्रालि’सँग छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौतापश्चात् बैंकका ग्राहकले एभरेस्ट ओल्ड होटेलको अकोमोडेसन एन्ड फुडमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।त्यसैगरी, छाया अस्पतालको बेड चार्ज, सर्जरी, चेकअप, ओपिडी, ल्याब टेस्टलगायतमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।