नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीहरूमा रोक लगाउनुपर्ने माग गरेको छ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरूले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीहरूमा रोक लगाउन माग गरेका हुन्।
उनीहरूले निर्वाध रूपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाइनुपर्ने बताए। त्यस्तै, उनीहरूले काठमाडौंलगायतका प्रमुख ठाउँमा ट्रक पार्किङस्थलको उचित व्यवस्थापनको माग गरेका छन्।
महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले निर्धारित भाडादरको कार्यान्वयन हुनुपर्ने बताए। ट्रक यातायातमा ४७ वटा मुख्यमुख्य रुटहरूको भाडादर निर्धारण गरेको र त्यसको प्रभावकारी कार्यान्वयन नभएको उनको भनाइ थियो।
भाडाको कार्यान्वयन र त्यसको अनुगमन प्रभावकारी बनाउन आग्रह गरे। सहज ढंगले दुर्घटना निकासको सुनिश्चितता, घाइतेको उपचार व्यवस्था, कानुनसम्मत भारवहन कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग छ।