ललितानिवास प्रकरण : चार पूर्वमन्त्री र ६ पूर्वसचिवसहित ३१० विरुद्ध मुद्दा दायर (अभियोगपत्रसहित)

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

ललितानिवास परिसरको एक सय ४३ रोपनी ६ आना जग्गा हिनामिनामा तीन सय १० जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। प्रतिवादीमध्ये चारजना पूर्वमन्त्री छन्। जसमा विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र संजय साह छन्।

त्यस्तै, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल, नारायणगोपाल मलेगो र रवीन्द्रमान जोशीलाई पनि प्रतिवादी बनाइएको छ। बहालवाला सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सहसचिव सुशील बैद्यलाई पनि प्रतिवादी बनाइएको छ।

प्रतिवादी बनाइएकामध्ये २१ जनाको मृत्यु भइसकेको छ। बिगो भराउनका लागि मात्र उनीहरूलाई प्रतिवादी बनाइएको हो।

हेर्नुहाेस् अभियोगपत्र :

सुझावित समाचार