संघीय कानुन नबन्दा स्थानीय तह पूर्ण रूपमा चल्न सकेनन् : नेता सिंह

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसद्ले तीन तहको सरकारलाई सञ्चालन गराउन आवश्यक संघीय कानुनहरू बनाउन नसकेको बताएका छन्।

आइतबार नेपालको प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिला नेतृ मंगलादेवी सिंहको २७औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेता सिंहले संघले आवश्यक कानुनहरू निर्माण गर्ने हो भने स्थानीय तहले पूर्ण रूपमा आफ्ना काम–कारबाहीहरू अघि बढाउन सक्ने प्रस्ट पारे।

‘सरकारलाई सञ्चालन गर्न आवश्यक संघीय कानुनहरू जुन अभावको कारणले फुल फ्लेजिट रूपमा काम गर्न पाइरहेको छैन, त्यो गराउन हामीले संघीय विधेयक ल्याउनुपर्छ, ऐन बनाउनुपर्छ, शिक्षा ऐन बनाउनुपर्छ, तमाम यस्ता संघीय कानुन बनाइसकेपछि प्रान्तीय कानुन र स्थानीय सरकारले पनि आफ्ना कानुन बनाउन बाटो सुचारु रूपले जाने हुन्छ,’ उनले भने।

नेता सिंहले पछिल्लो समय युवाहरू देश छोडेर पलायन भइरहेकोबारे चिन्ता व्यक्त गर्दै सरकारले युवाहरूलाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनुपर्ने बताए। उनले सरकार र सबै राजनीतिक दलहरूले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने उल्लेख गरे।

See More On

सुझावित समाचार