फ्रान्समा १९४७ यताकै बढी गर्मी मापन

शनिबार, ९ भदौ, २०८०
डिजिटल संस्करण

फ्रान्सका केही भूभागमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ। युरोपमा केही समययता अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको हो।

गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउन चेतावनी दिइएको छ। फ्रान्सका केही भूभागमा यति वेलाको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ। गर्मीले हुन सक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरू रेड अलर्टमा रहेका छन्।

गर्मी उच्चस्तरमा पुग्ने भएसँगै होसियार हुन आग्रह गरिएको छ। स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य सुरक्षाको लागि विभिन्न उपायहरू अपनाउन आग्रह गरेका छन्। बाहिरका गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिने कुरामा सतर्क रहन आग्रह गरेका छन्। 

राष्ट्रिय मौसम विज्ञान निकाय मेटियो फ्रान्सका अनुसार यो यस वर्षकै धेरै गर्मी हो। गत सोमबार फ्रान्समा १९४७ पछिकै सबैभन्दा धेरै गर्मी भएको थियो। ड्रोमको न्योन्समा ४२.२ डिग्रि सेल्सियसको उच्च तापक्रम मापन गरिएको थियो। सिन्ह्वा/न्युज एजेन्सी नेपाल

See More On

सुझावित समाचार