स्वादिष्ट पनिर–बटर मसला

बिहिबार, ७ भदौ, २०८०
डिजिटल संस्करण

बटर पनिर निकै स्वादिष्ट परिकार हो । विशेषगरी, शाकाहारीको रोजाइमा यो मसलेदार परिकार पर्ने गरेको छ । केही सामग्री जोहो गरेर घरमै यसलाई तयार गर्न सकिन्छ । 

सामग्री : पनिर आधा केजी, गरम मसला धुलो आधा चिया चम्चा, अदुवा र लसुनको पेस्ट एक चियाचम्चा, गेडा जिरा आधा चम्चा, प्याज काटेको एउटा, तेल दुई चियाचम्चा, मसिनो गरी काटेको गोलभेँडा दुई पिस, टमाटो पिउरी आधा कप, जिरा, धनियाँ र खुर्सानीको धुलो आधा–आधा चियाचम्चा, धनियाँ आधा मुठा, कसुरी मेथीको धुलो आधा चियाचम्चा, कुकिङ क्रिम आधा कप, काजुको पेस्ट ३ चियाचम्चा, बटर दुई चियाचम्चा, नुन–मरिच स्वादअनुसार, मह या चिनी आधा चम्चा । 

विधि : बाक्लो खालको कराही या सते प्यान तताउनुस् र तेल हालेर होल गरम मसला फुराउनुस् । अदुवा–लसुनको पेस्ट हाल्नुस र इन्डियन सम्पूर्ण मसला हालेर सानो आँचमा भुट्नुस । केही समयपश्चात् गोलभेँडा र गोलभेँडाको पिउरी, काजु पेस्ट हालेर मज्जाले पकाउनुस् । नुन–मरिच स्वादअनुसार हाली डाइस काटेको पनिर खन्याइदिनुस् र अरू १० मिनेट पकाएर क्रिम, बटर हाल्दिनुस् । अन्त्यमा हरियो धनियाँ, कसुरी मेथी, मह हालेर निकाल्नुस् । स्वादिष्ट पनिर–बटर मसला तयार भएको छ । रोटी या पुलाउसँग यसलाई खान सक्नुहुन्छ । पनिर–बटर मसलालाई सीधै रेड ग्रेभीमा पनि बनाउन सकिन्छ ।

See More On

सुझावित समाचार