नेप्से २९ अंकले बढ्यो, सबै सूचकमा वृद्धि

बुधबार, ६ भदौ, २०८०
डिजिटल संस्करण

बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २९.४७ अंकले बढेर दुई हजार ४५.४५ बिन्दुमा कारोबार बन्द भएको छ। आज नेप्से १.४६ प्रतिशतले बढेको हो।

बुधबार ४२ लाख ३७ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ५१ करोड चार लाख ८८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। मंगलबार एक अर्ब ३३ करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको थियो।

आज नेप्सेका सबै समूहमा वृद्धि भएको छ। हाइड्रोपावर समूह सर्वाधिक २.७४ प्रतिशतले बढेको छ भने जीवन बिमा २.५१ र निर्जीवन बिमा २.१६ प्रतिशतले बढेको छ।

आज दुई सय चार कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको मूल्य घटेको छ। त्यसमध्ये कुथेली बुखरी स्मल हाइड्रोपावर, ग्लोबल आइएमई ब्यालेन्स फन्ड १ र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सिटिजन्स सुपर ३० म्युचल फन्डको मूल्य सर्वाधिक ७.४२ प्रतिशतले घटेको छ।

सुझावित समाचार