भक्तपुरको बाल सुधारगृहमा भएको घटनाको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

मंगलबार, ५ भदौ, २०८०
डिजिटल संस्करण
भक्तपुरको बाल सुधारगृहमा भएको घटनाको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहबाट भागेका कैदीबन्दी सोमबार दिउँसो ३ बजे कोटेश्वरबाट तीनकुनेतर्फ जाँदै । तस्बिर सौजन्य : कमल प्रसाईं

भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा सोमबार भएको हिंसा तथा एक युवकको मृत्यु घटनाको छानबिन गर्न प्रहरीले एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। 

उपत्यका प्रहरी कार्यालयले एसएसपी ओमबहादुर रानाको नेतृत्वमा मंगलबार छानबिन समिति गठन गरेको हो। समितिको सदस्यमा एसपी जनक शाही तथा इन्स्पेक्टर शंकर आचार्य छन्। 

सानोठिमीको सुधारगृहमा रहेका दुई सय २१ कैदी-बन्दी गेट फुटाएर सोमबार भागेका थिए। भागेकामध्ये आठजना अझै फरार छन्। 

थुनामा रहेका कमल बस्नेतको उपचारमा लापरबाही गर्दा मृत्यु भएको तथा सुधारगृहभित्र व्यवस्थापन राम्रो नभएको भन्दै आन्दोलन गरी उनीहरू त्यहाँबाट भागेका थिए।

सुझावित समाचार