जस्मिन पेन्ट्सकाे ‘रंगीन पल, खुसी डबल’ उपहार योजना सार्वजनिक

मंगलबार, ५ भदौ, २०८०
डिजिटल संस्करण

जस्मिन पेन्ट्सले आफ्ना ग्राहकका लागि १ भदौदेखि ‘रंगीन पल, खुसी डबल’ उपहार योजना सार्वजनिक गरेको छ। नजिकिँदै गरेका चाडपर्वहरूलाई लक्षित गर्दै जस्मिन पेन्ट्सले १ भदाैदेखि १५ मंसिरसम्म लागू हुने योजना सार्वजनिक गरेको हो। 

यस योजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरहरूबाट कम्तीमा ७५ हजार रुपैयाँ भ्याटसहितको जस्मिन पेन्ट्सको उत्पादनहरू खरिद गर्नुपर्नेछ। त्यसबापत एक ‘लक्की ड्र’ कुपन प्रदान गर्ने कम्पनीले जनाएको छ। 

विजेताको घोषणा ‘लक्की ड्र’मार्फत गरिनेछ। चार सयजना ग्राहकले विभिन्न उपहार प्राप्त गर्न सक्नेछन्। जसअन्तर्गत एकजनाले यमाहा रे जेड स्कुटर, सातजनाले रेडमी १२ वटा स्मार्ट मोबाइल फोन, २० जनाले एक्यु फिट स्मार्ट वाच, ४५ जनाले डिएचआई २.८ लिटर इलेक्ट्रिक राइस कुकर र तीन सय २७ जनाले आकर्षक भित्तेघडी प्राप्त गर्न सक्नेछन्।

सुझावित समाचार