सामसङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजाजस्ता ब्रान्डहरूको गन्तव्य स्विच अन रिटेलले भक्तपुरमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ ।सामसङ इलेक्ट्रोनिक्स नेपाल शाखा प्रमुख सङ जुन पार्क, गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले आउटलेटको संयुक्त उद्घाटन गरेका छन् ।
नक्साल, काठमाडौंमा रहेको स्विच अन रिटेलको प्रमुख आउटलेटले प्रिमियम सेवाका लागि लोकप्रियता पाएको कम्पनीको भनाइ छ ।
‘स्विच अन रिटेललाई भक्तपुरमा परिचय गराउन पाउँदा हामी हर्षित छौँ,’ हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले भनिन्, ‘हाम्रो नयाँ आउटलेट घरेलु आवश्यकता पूरा गर्दै उपकरण र उत्पादनहरूको विस्तृत शृंखला प्रदान गर्न समर्पित छ ।
हामी भक्तपुर समुदायको सेवा गर्न तत्पर छौँ ।’ स्विच अन रिटेलमा विभिन्न ब्रान्डका टिभी, फ्रिजदेखि बल्बजस्ता विद्युतीय वस्तु सबै पाइनेछ ।