भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगाएको छ। भारतको अर्थ मन्त्रालयले मूल्यवृद्धि नियन्त्रण गर्न र आन्तरिक बजारमा भान्साका सामग्रीहरूको सुनिश्चित गर्ने उद्देश्यले ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको हो।
प्याजमा निर्यात शुल्क तत्काल लागू हुने र यो आगामी ३१ डिसेम्बरसम्म जारी रहने बताइएको छ। प्याजको मूल्य निरन्तर उकालो लागेपछि भारतले निर्यातमा ४० प्रतिशत भन्सार दस्तुर लगाउने निर्णय गरेको हो। यसले आगामी महिना प्याजको मूल्य झनै बढ्न सक्ने देखाएको छ।
अगस्टमा संघीय सरकारले मूल्य नियन्त्रणका लागि स्टक प्याज निकालेको थियो। जुन महिनामा भारतमा टमाटरको मूल्य महँगिएको थियो। भारतका प्रमुख बजारमा टमाटरको खुद्रा मूल्य प्रतिकिलो तीन अमेरिकी डलरसम्म पुगेको थियो। साथै टमाटरको मूल्य बढेसँगै भारतले नेपालबाट समेत टमाटर आयात गरेको थियो। सिन्ह्वा/न्युज एजेन्सी नेपाल