अरबियन मुलुकको संकट समाधानका लागि ‘अरब समाधान’ कार्यक्रम अघि बढाइने

बुधबार, ३१ साउन, २०८०
डिजिटल संस्करण
अरबियन मुलुकको संकट समाधानका लागि ‘अरब समाधान’ कार्यक्रम अघि बढाइने

तस्बिर : साउदी ग्याजेट

इजिप्ट र साउदी अरबबीच अरबियन मुलुकमा संकट समाधानका लागि अरब एकता, ऐक्यबद्धता र संयुक्त कार्यक्रमहरू अघि बढाउनुपर्नेबारेमा छलफल भएको छ।

मंगलबार इजिप्टका विदेशमन्त्री सामेह शौकर र साउदी अरबका समकक्षी राजकुमार फैसल बिन फरहान अल साउदबीचको भेटमा अरबियन मुलुकको समस्या समाधानका लागि एकजुट भएर अघि बढ्नुपर्नेबारेमा छलफल भएको हो। बैठकमा सुडान, लिबिया, यमन र सिरियाको द्वन्द्वलगायत क्षेत्रीय मुद्दाहरूमा छलफल भएको थियो।

सो क्रममा साउदी र इजिप्टबीचको सम्बन्ध विस्तार गर्ने र अन्य अरबियन मुलुकको सम्बन्ध पनि विस्तार गर्दै जानेमा छलफल भएको बताइएको छ। दुई मन्त्रीहरूले अरब राष्ट्रिय सुरक्षाको समाधानका लागि ‘अरब समाधान’ कार्यक्रममार्फत विभिन्न क्षेत्रीय समस्याहरूको सामना गर्न संयुक्त अरब कार्य र एकताको रूपरेखालाई अघि बढाउने आवश्यकतामा जोड दिएका छन्।

भेटमा प्यालेस्टाइन–इजरायली द्वन्द्वको न्यायसंगत समाधानका लागि छलफल भएको छ। बैठकमा सिरियाका विदेशमन्त्री फैसल मेकदाद पनि सहभागी थिए। सिन्ह्वा/न्युज एजेन्सी नेपाल

सुझावित समाचार