विराटनगरमा दिउँसै युवकमाथि तरबार प्रहार

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण

विराटनगरमा दिउँसै तरबार प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन्। विराटनगर १० तीनटोलियास्थित बाबा चोकमा सोमबार दिउँसो २ः३० बजेतिर मोटरसाइकलमा आएका दुई युवाले तरबार प्रहार गर्दा ती युवक गम्भीर घाइते भएका हुन्। 

गम्भीर घाइते युवकको नजिकैको न्युरो अस्पतालमा उपचार भइरहेको छ। तरबार प्रहार गर्ने र घाइते दुवै साथी भएको प्रहरीले बताएकाे छ। हातमा नांगो लामो तरबार बोकेर मोटरसाइकलमा आएका दुई युवाले ‘यही हो, यही हो’ भन्दै चिया पसलमा बसिरहेका युवकमाथि तरबारले प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीले बताए।

दिउँसै खुलेआम तरबार प्रहार भएपछि स्थानीय त्रसित बनेका छन्। तरबार प्रहार गर्ने खाेजी भइरहेकाे र घाइते युवकको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार