साउनको अन्तिम सोमबार : शिवालयमा भक्तजनको भिड [तस्बिरहरू]

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण

सौरमासअनुसार साउनको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भिड लागेको छ। विगतका सोमबारभन्दा आज अन्तिम सोमबार भएकाले पशुपतिसहित राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै भिड देखिएको छ।

आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो। यस वर्ष सौरमासअनुसार साउनमा पाँच सोमबार परेका छन्। साउने सोमबारको आज अन्तिम दिन भए पनि यसपछि चान्द्रमासअनुसार साउनका सोमबार बाँकी छन्।

सुझावित समाचार