- हाम्रा अधिकांश सडक पहाडी भूभाग हुँदै जान्छन् । पहाडमा बाढी र पहिरो दुवैको समस्या छ । तराईमा बाढीको जोखिम छ । तसर्थ, वर्षामा यात्रा गर्नुअघि केही कुराको ख्याल गर्नुपर्छ ।
- कुन रुट छनोट गर्ने भन्ने प्राथमिकतामा राख्नुपर्छ । त्यो सडकको अवस्था के छ भनेर पूर्वसूचना लिनु राम्रो हुन्छ । अन्यथा, अवरुद्ध सडकमा गएर लामो समय फस्न पनि सकिन्छ ।
- ओभरलोड भएको सवारीसाधनमा चढ्नुहुँदैन । यसले दुर्घटना निम्त्याउन सक्छ । त्यस्ता गाडी देखिएमा ट्राफिकलाई तत्कालै खबर गर्नुपर्छ ।
- सार्वजनिक यातायातमा यात्रा गर्दा चालकसँग गाडीको कन्डिसनबारे पनि बुझ्नु राम्रो हुन्छ । किनकि, हाम्रोमा पुराना गाडी पनि चलिरहेका हुन्छन् । हिलो सडकमा त्यस्ता गाडी फस्ने र दुर्घटना हुने जोखिम रहन्छ ।
- चालकले ट्राफिक अनुशासन पालना गरे/नगरेको ध्यान दिनुपर्छ । यदि गरेको छैन भने सचेत गराउनुपर्छ ।
- वर्षाको समयमा रातिको यात्रा सकभर नगर्नु राम्रो हुन्छ । रातको समय भिजिबिलिटी कम हुन्छ । पहिरो गएको वा सडक बिग्रेको राम्रोसँग देखिँदैन । त्यसैले सकभर दिउँसो यात्रा गर्नु राम्रो हुन्छ ।
- सवारी आफैँ चलाउँदै हुनुहुन्छ भने
- आफ्नो सवारीको कन्डिसन चेकजाँच गरेर, राम्रोसँग मर्मत गरेर मात्र यात्रा थाल्नुपर्छ ।
- सडकको अवस्थाबारे पनि पूर्ण जानकार हुनुपर्छ । मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सावारी चलाउनु हुँदैन । पूर्ण रूपमा ट्राफिक नियम पालना गर्नुपर्छ । रातिको समयमा सकभर सवारी चलाउनु राम्रो मानिदैन ।
वर्षामा यात्रा गर्दा...
२०औँ एसियाली खेलकुद आजबाट
३ हप्ता अघि
सुझावित समाचार
शोएब अख्तर एनपिएलका लागि नेपाल आउने
काठमाडौं– पाकिस्तानका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर शोएब अख्तर नेपाल आउने भएका छन्। हिमालय स्पोर्ट्सले नेपाल प्रिमियर लिगको ते…
आइसिसीको एसिया सम्मेलन नेपालमा हुने
काठमाडौं/ ‘आइसिसी एसिया कन्फ्रेन्स’ नेपालमा हुने भएको छ। आइसिसीको एसिया सम्मेलन १९ देखि २१ नोभेम्बरसम्म हुने तय भ…
क्यानडाको जितले दबाबमा नेपाल
काठमाडौं/आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा क्यानडाले ओमानलाई ५८ रनले पराजित गरेपछि नेपाल दबाबमा आएको छ । ओमानको अल अमे…
ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न
नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्…
विवादित शाहसँगै पाँच संघका प्रतिनिधिलाई राखेपले बोलायो फिर्ता
सरकारले क्रिकेटको जानकारलाई बाहिर राखेर असम्बन्धित व्यक्तिलाई क्यानमा नियुक्ति दिएको भन्दै चर्काे आलोचना भएको थियो
रियल म्याड्रिडको सनसनीपूर्ण प्रदर्शन
२७ वर्षीय एमबाप्पे च्याम्पियन्स लिगमा सय खेल खेल्ने सबैभन्दा कान्छा खेलाडी बने, यसअघि अर्जेन्टिनाका लियोनल मेसीले यो कीर्तिमान बनाएका थिए