एनआइसी एसियाको तीन कर्जा योजना

आइतबार, २८ साउन, २०८०
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले अठोट घरकर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा सार्वजनिक गरेको छ । बैंकले न्यूनतम २५ लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट घरकर्जा योजना ल्याएको छ ।

२५ वर्षसम्मको कर्जा अवधि रहेको योजनाअन्तर्गत निजी आवासीय घर खरिद गर्न, अपार्टमेन्ट खरिद गर्न, घर निर्माण गर्न, मर्मत तथा तला थप्न यो योजना ल्याइएको हो । त्यस्तै, अठोट साना व्यवसाय कर्जामा २५ लाखदेखि पाँच करोडसम्म कर्जा उपलब्ध हुनेछ ।

त्यसैगरी, बैंकले ल्याएको न्यूनतम रु. ५० लाखदेखि अधिकतम रु. १२ करोडसम्मको अठोट सेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने यस कर्जामा एक वर्षको भुक्तानी अवधि (वार्षिक रूपमा नवीकरण गर्न सकिने) रहेको छ ।

सुझावित समाचार