बहुमतको आडमा सरकारले सुन तस्करलाई छानबिनको दायरामा ल्याउनै चाहेन : विमला राई

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले सरकारले बहुमतको आडमा सुन तस्करीमा संलग्न व्यक्तिहरूमाथि छानबिन गर्न नदिएको आरोप लगाएका छिन्। 

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सत्तापक्षले बहुमतको आडमा सो प्रकरणमा मुछिएकाहरूलाई छानबिनको दायरा ल्याउन नचाहेको आरोप लगाएकी हुन्। 

सांसद पौड्यालले गृहमन्त्रीमाथि नै सो प्रकरणमा शंका भएकाले एमालेले त्यसका लागि छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्नुपरेको दोहोर्याइन्। 

सांसद पौड्यालले एमालेले सो प्रकरणको छानबिनलाई भरपर्दो र विश्वासनीय बनाउन पनि उच्चस्तरीय छानबिन समिति बनाउन उपयुक्त हुने बताइन्। 

सुझावित समाचार