नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी सांसद गंगाकुमारी बेल्वासेले संसद् अवरुद्ध हुँदा जनताको आवाज बन्द भएको बताएकी छिन्।
शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद बेल्वासेले लामो समयदेखि संसद् अवरुद्ध हुँदा जनताको आवाज बोल्ने सांसदहरूको आवाज बन्द भएको बताएकी हुन्।
उनले संसद् अवरुद्ध हुँदा जनताप्रति उत्तरदायी हुन नसकिएको बताइन्। उनले सांसदहरूको आवाजलाई बन्द गर्न प्रतिपक्ष दलले भूमिका खेलेको बताइन्। संसद् अवरुद्ध हुँदा जनताका आवश्यकताहरूको सम्बोधन गर्न नसकिएको भन्दै उनले प्रतिपक्षलाई विरोधको तरिका बदल्न आग्रह गरिन्।
उनले डेंगु संक्रमणले भयावह रूप लिइरहेको भन्दै प्रभावित क्षेत्रमा अभियान नै सञ्चालन गरेर रोकथाममा लाग्न सरकारसँग माग गरिन्।