जिल्ला प्रशासनको आदेशपछि सप्तरीका पत्रकार आन्दोलित

बिहिबार, २५ साउन, २०८०
डिजिटल संस्करण

सप्तरीका पत्रकारहरू जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको विरोधमा उत्रिएका छन्।

पत्रकार तथा सर्वसाधारणले विनाअनुमति फोटो तथा भिडियो खिचेको भन्दै बुधबार प्रशासनले त्यस्तो कार्य नरोके कारबाही गर्ने सूचना जारी गरेको थियो। प्रशासनको उक्त आदेश संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको हकविरुद्ध भएको ठहरसहित नेपाल पत्रकार महासंघ सप्तरीले बिहीबारदेखि आन्दोलन सुरु गरेको हो।

नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयअगाडिबाट निस्केको पत्रकारहरूको विरोध र्याली राजविराज नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयको मूल गेटअगाडि पुगेर एक घन्टा धर्ना दिएकाे थियाे।

धर्नापछि आयोजित कोण सभामा वक्ताहरूले सप्तरीका सिडिओले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कार्य गरेको भन्दै कारबाहीको माग गरे। महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जिल्ला प्रशासन कार्यालयको उक्त सूचनाले स्वतन्त्र रूपमा पत्रकारिता गर्न जिल्लामा असुरक्षा उत्पन्न भएको उल्लेख गर्दै शुक्रबारदेखि थप कडा आन्दोलन गर्ने चेतावनी दिए।

सुझावित समाचार