ललितानिवास प्रकरण : थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा पक्राउ परेका २० जनालाई थप सात दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ।

जिल्ला अदालत काठमाडौंले बुधबार निजहरूलाई थप एकसाता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई अनुमति दिएको हो। सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सिआइबीले सरकारी कागजात किर्ते र संगठित अपराधमा निजहरूमाथि अनुसन्धान गरिरहेको छ।

सो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति सिआइबीको हिरासतमा छन्।

सुझावित समाचार