१५ भदाैदेखि नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स प्रदर्शनी

बुधबार, २४ साउन, २०८०
डिजिटल संस्करण

आगामी भदाै १५ देखि भृकुटीमण्डपमा तीनदिने इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ।

नेपाल इलेक्ट्रिक इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायन्सेसको आयोजनामा प्रदर्शनी हुन लागेको हो।  दोस्रो संस्करणको यो प्रदर्शनीलाई मिडिया स्पेस सोलुसन्स्, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिको संयोजन गर्नेछन्।

नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएकाले प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।
 

सुझावित समाचार