पछिल्लो समय कालो चामलको परिकार राखेर रेस्टुरेन्ट चलाउनेहरूको होडबाजी नै चलेको छ । यो चामल एसियन उत्पादन हो । आजभन्दा आठ हजार दुई सयदेखि १३ हजार वर्ष पहिले चीनमा यसको खेती गरिएको हुन सक्ने रेडियो कार्बन डेटिङको आकलन छ ।
- डाइबिटिजका बिरामीलाई कालो चामल निकै उपयोगी मानिन्छ ।
- मुटुरोगीका लागि पनि कालो चामल लाभदायक मानिन्छ ।
- यसमा प्रोटिन, आइरन हुने भएकाले अरू चामलको तुलनामा बढी शक्ति प्रदान गर्छ ।
- शरीरलाई सन्तुलित राख्न तथा मोटोपनलाई नियन्त्रण गर्न पनि यसको प्रयोग गर्न सकिन्छ ।
- क्यान्सरका बिरामीका लागि समेत कालो चामल अत्यन्तै फाइदाजनक मानिन्छ ।
- कालो चामलले विभिन्न रोगसँग लड्न सक्ने अतिरिक्त शक्तिसमेत प्रदान गर्छ ।
- सामान्यतया आधा कप पाकेको कालो चामलमा १६० क्यालोरी, १५ ग्राम चिल्लो पदार्थ, ३४ ग्राम कार्बोहाइड्रेट, दुई ग्राम फाइबर, पाँच ग्राम प्रोटिन र चार प्रतिशत आइरन प्राप्त हुन्छ ।
- कालो चामललाई प्राकृतिक र परम्परागत ग्लुटिन फ्री ग्रेनका रूपमा लिइन्छ । यो चामल पूर्ण रूपमा अर्गानिक तरिकाले उत्पादन गरिने भएकाले यसको साइड इफेक्ट हुँदैन ।