बाढीसम्बन्धी एनसेलको ४४ लाखभन्दा बढी एसएमएस

आइतबार, २१ साउन, २०८०
डिजिटल संस्करण

एनसेलले हरेक वर्ष बाढीपहिरोको उच्च जोखिम रहेका स्थानमा बसोवास गर्ने जनसमुदायलाई एसएमएसमार्फत पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुर्याउँदै आएको छ । यो वर्ष एनसेलले वर्षायामको सुरुवातपछि दुई महिनामा ४४ लाखवटाभन्दा बढी बाढीसँग सम्भावित जोखिमबारे एसएमएसमार्फत पूर्वसूचना प्रवाह गरेको छ ।

एसएमएसमार्फत पूर्वसूचना प्रवाह गरिएका क्षेत्रहरूमा नारायणी, कन्काई, बागमती, बबई, राप्ती, कोसी, कर्णालीलगायत मुख्य नदीका तटीय क्षेत्र र वरपरका समुदाय रहेका छन् । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सिएआर)अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा ०७३ देखि नै पूर्वसूचना प्रवाह गर्दै आएको छ । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘नेपाली जनता र समुदायको सेवा गर्न एनसेल सधैँ प्रतिबद्ध छ । हाम्रो प्राविधिक विशेषज्ञता र नेटवर्क पहुँचको सदुपयोग गर्दै समयमा नै बाढीको पूर्वसूचना प्रवाहमार्फत बाढी र त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि सहयोग गर्न पाएकोमा हामी खुसी छौँ ।’  

जल तथा मौसम विज्ञान विभागले आफ्ना टेलिमेन्ट्री स्टेसनहरूमार्फत नदीमा पानीको सतहको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्नाभिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँछ । त्यसैअनुरूप एनसेलले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस पठाउँछ । ११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर हो । 

See More On

सुझावित समाचार