जिल्लाको कमलामाई नगरपालिका ४ मा एकजनाको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा कमलामाई नगरपालिका ४ पोखरेल गाउँका ६० वर्षीय फौदबहादुर सार्की रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सार्की सोही वडाको देउराली धारा भञ्ज्याङस्थित खेतमा मृत अवस्थामा फेला परेका हुन्।
घटनास्थलको प्रकृति हेर्दा खेतको बाटो हिँडने क्रममा चिप्लिएर लडी ढुंगामा ठोक्किई मृत्यु भएकोजस्तो देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए।
मृतकको शवलाई पोस्टमार्टमको लागि सिन्धुली अस्पताल सिन्धुलीमा ल्याएको दाहालले बताए।