‘नयाँ यात्राकाे सुरुवात हो, बिदाइ होइन’

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण
‘नयाँ यात्राकाे सुरुवात हो, बिदाइ होइन’

सन्न्यास घोषणाका लागि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल । तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सन्न्यास घोषणा गरेका छन्। क्रिकेटर मल्लले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सन्न्यास घोषणा गरेका हुन्। 

उनले अब घरेलु प्रतियोगिता पनि नखेल्ने घोषणा गरेका छन्। उनले खेलजीवनबाट सन्यास लिँदै नयाँ यात्रा सुरुवात गरेको बताए। 

मल्लको सन् २००५ देखि  यू– १५ टोलीबाट खेलयात्रा सुरु गरेका थिए। गत जुन २०२३ मा जिम्बाबेको हरारे मैदानमा भएको आइसिसी विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्ध उनको अन्तिम खेल बन्यो।  मल्लले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी- २० खेलमा एक हजार आठ सय दुई रन बनाएका छन्। 

सुझावित समाचार