स्विडेनकाे सांस्कृतिक महोत्सवमा झडप हुँदा ५२ घाइते, आठकाे अवस्था गम्भीर

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण

स्टकहोममा इरिट्रियन सांस्कृतिक महोत्सवमा बिहीबार हिंसात्मक झडप हुँदा कम्तीमा सयजनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

घाइतेमध्ये आठजनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई अस्पताल लगिएको छ।  झडपमा तीन प्रहरी अधिकारीहरू पनि घाइते भएको स्विडेनी प्रसारक  एसभिटीले  उल्लेख गरेको छ।

करिब एक हजार एरिट्रियन सरकारविरोधी प्रदर्शनकारीहरूले उत्सव कार्यक्रममा आक्रमण गरेको र प्रहरी अधिकारीहरूलाई ढुंगा प्रहार गरेको स्विडेनी  सञ्चारमाध्यमले जनाएको छ। 

तीन दशकअघि इथियोपियाबाट स्वतन्त्रता प्राप्त गरेको अफ्रिकी देशको सांस्कृतिक सम्पदालाई चिनाउन सन् १९९० को दशकदेखि इरिट्रिया–थिम्ड फेस्टिभल आयोजना गरिँदै आएको छ।

हाल, हजारौँ इरिट्रियन मूलका मानिस स्विडेनमा बसोवास गरिरहेका छन्। प्रहरीले भने हिंसात्मक दंगा, आगजनी र आपतकालीन सेवाहरूको तोडफोडबारे अनुसन्धान सुरु गरिएको  जनाएको छ।
  

सुझावित समाचार