नेपाली कांग्रेसले डेंगु नियन्त्रण गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ। बिहीबार मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै विभिन्न स्थानमा डेंगुबाट नागरिकले ज्यान गुमाएको र संक्रमण फैलँदो अवस्थामा रहेको भन्दै प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका हुन्।
साथै, कांग्रेसले आफ्ना संगठनलाई समेत परिचालित भएर रोग नियन्त्रणमा सघाउन निर्देशन दिएको छ। ‘बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ।