सर्पले डस्दा बालिकाको मृत्यु, खोलामा डुबेर अर्का बालकले ज्यान गुमाए

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

मकवानपुरमा खोलामा डुबेर एकजना र सर्पले डसेर एकजनाको मृत्यु भएको छ। जिल्लाको बकैया गाउँपालिका– ७ अँधेरीमा सर्पले टोकेर बुधबार एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले सर्पले डसेर १२ वर्षीया करिश्मा लोको मृत्यु भएको जानकारी दिए। प्रवक्ता कार्कीका अनुसार लोलाई बुधबार आफ्नै घरमा सर्पले डसेको थियो। उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको कार्कीले बताए।

यता जिल्लाको बागमती गाउँपालिका– ४ पाल्पालेमा बागमती नदीमा डुबेर एक बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय आठ वर्षीय निशान बल रहेका प्रहरीले जनाएको छ। बुधबार बागमती नदीमा पौडी खेल्ने क्रममा बलको डुबेर मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार