मटिहानीमा उपराष्ट्रपतिले गरे नेपालकै अग्लो झन्डाेत्तोलन

मंगलबार, १६ साउन, २०८०
डिजिटल संस्करण

मटिहानी नगरपालिकामा नेपालकै अग्लो झन्डाेत्तोलन गरिएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले मंगलबार मटिहानीमा एक सय १० फिट अग्लो पोलमा २५*२५ फिट साइजको झन्डा उनले उद्घाटन गरेका हुन्।

भारतीय सीमासँग जाेडिएकाे मटिहानी अब नेपालकै सबैभन्दा अग्लो झन्डा भएको स्थान भएको छ। झन्डाेत्तोलनपश्चात् कार्यक्रममा उपराष्ट्रपति यादवलाई नागरिक अभिनन्दन गरिएकाे थियाे।

मटिहानीमा उद्घाटन भएको झन्डा भारतबाट समेत देखिन्छ। सबैभन्दा उच्च स्थानको झन्डा भने गोरखाको लिगलिगकोटमा रहेकाे छ।

झन्डाेत्तोलनपछि उपराष्ट्रपति यादवले मटिहानीस्थित लक्ष्मीनारायण मठ र संस्कृत माविको अवलोकन भ्रमण गरी परिबाबा मजारमा चादरसमेत चढाएका थिए।

सुझावित समाचार