सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

सोमबार, १५ साउन, २०८०
डिजिटल संस्करण

सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।  नेप्से ५.८४ अंकले बढेर दुई हजार एक सय ६.१८ विन्दुमा कायम भएको छ।

यस दिन दुई सय ६२ कम्पनीका ५५ लाख ३१ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८५ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको छ। सोमबार कारोबार रकममा भने गिरावट आएको छ। आइतबार दुई अर्ब ५० करोड २८ लाख बराबरको सेयर कारोबार भएको थियो।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये हाइड्रोपावर, माइक्रोफाइनान्स र म्युचुअल फन्डमा गिरावट आएको छ। हाइड्रोपावर सबैभन्दा धेरै ०.३७ प्रतिशतले घटेको छ। व्यापार र फाइनान्स उपसमूह क्रमशः १.९७ प्रतिशत र १.२६ प्रतिशतले बढेका छन्।

सनराइज ब्लुचिप फन्डको मूल्य सबैभन्दा धेरै ७.१० प्रतिशतले बढेको छ। त्यसैगरी, बलेफी हाइड्रोपावरको मूल्य ५.७९ प्रतिशतले बढ्दा विन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य ४.३१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ८० करोड ८८ लाख ६६ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

सुझावित समाचार