प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल

सोमबार, १५ साउन, २०८०
डिजिटल संस्करण
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल

फाइल तस्बिर

संसद्को अवरोध खुलाउनेलगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज भएको भेटमा प्रतिनिधिसभाको बैठक सहज ढंगले सञ्चालन गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

आइतबार पनि प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। 

सुझावित समाचार