सर्लाहीको ईश्वरपुर नगरपालिका– ९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निरीक्षकको मृत्यु भएको छ ।
फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका– ९ स्थित खोरिया टोलमा भएको उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका– ६ बयलवास घर भएका राष्ट्रिय अनुसन्धानका अनुसन्धान निरीक्षक २९ वर्षीय वसन्त साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
राष्ट्रिय अनुसन्धान कार्यालय मलंगवामा कार्यरत अनुसन्धान निरीक्षक साह मंगलबार कार्यालयको काम सकेर घर आउँदै गर्दा दुर्घटनामा परेका उनको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए ।