कांग्रेसको विकल्प अरू हुन सक्दैन, एक भएर अघि बढौँ : शशांक कोइराला

मंगलबार, ९ साउन, २०८०
डिजिटल संस्करण

नेता डा. शशांक कोइरालाले कांग्रेसको विकल्प अरू हुन नसक्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकताबद्ध कांग्रेस हुनु रहेको बताए। उनले आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको औँल्याए। 

उनले भने, ‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा कांग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकताबद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । पाँच दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो। भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हाे। आउँदो दिनमा कता जाने हो ? त्यो तय गर्नुपर्छ। कांग्रेसको विकल्प अरू छैनन् कांग्रेस नै हो। भविष्य कांग्रेससँग छ। हामी एक भयौँ भने कांग्रेसलाई कसैले हराउन सक्दैन। त्यसैले एक भएर जाऔँ।’

सुझावित समाचार