साढे २६ अंकले नेप्से घट्दा काराेबार रकम चार अर्ब ७३ करोड

सोमबार, ८ साउन, २०८०
डिजिटल संस्करण

आइतबार ६३ अंकले बढेको सेयर बजार आज सोमबार भने दोहोरो अंकले ओरालो लागेको छ। आज सेयर बजार परिसूचक नेप्से २६.६६ अंकले घटेर २२००.५० विन्दुमा रोकिएको छ।

आज म्युचल फन्ड र अन्यबाहेक अरू सबै समूहको सेयर घटेको छ। आज किसान लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ। यस दिन नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।

दुई करोड नौ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ७३ करोड रुपैयाँबराबरको कारोबार भएको छ। आज सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको २५ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

सुझावित समाचार