प्रभु क्यापिटलको जिंगलमा टिकटक बनाई १० हजार जित्ने अवसर

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

प्रभु क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीका लागि ‘लोयल्टी पोइन्ट्स अफर’ र ‘रिफरल स्किम’ लन्च गरेको छ। प्रभु क्यापिटलले साउन मसान्तसम्म सञ्चालन हुने गरी ‘प्रभु क्यापिटल लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन’ सञ्चालनमा ल्याएको हो।

यस टिकटक प्रतियोगितामा सहभागीहरूले प्रभु क्यापिटल लिमिटेडको टिकटक अकाउन्टमा राखिएको जिंगलको ओरिजनल साउन्डमा टिकटक बनाई #prabhuloyaltyandreferal राखी  पोस्ट गर्नुपर्ने हुन्छ । सबैभन्दा धेरै लाइकका आधारमा विजेता छनाेट गरिने र विजेताले रु. १० हजार जित्ने क्यापिटलले जनाएको छ।

‘लोयल्टी पोइन्ट्स अफर’ र  ‘रिफरल स्किम’बारे थप जानकारीका लागि प्रभु क्यापिटल लिमिटेडको फोन नम्बर ९८४००७६१०० मा सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ।

सुझावित समाचार