फैलिँदो लम्पी स्किनले धान रोपाइँमा असर

शुक्रबार, ५ साउन, २०८०
डिजिटल संस्करण
फैलिँदो लम्पी स्किनले धान रोपाइँमा असर

फाइल तस्बिर ।

फैलिँदो लम्पी स्किनले धान रोपाइँमा असर पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निष्कर्ष निकालेको छ । मन्त्रालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष लम्पी स्किनकै कारण धेरै स्थानमा धान रोपाइँ कम हुँदा देशभर २० प्रतिशतले घटेको निष्कर्ष निकालेको हो ।  

७७ वटै जिल्लाका सात सय ५३ वटै स्थानीय तहमा लम्पी स्किन महामारी फैलिएको छ । यसको असरले अधिकांश रोपाइँ गर्ने गोरुहरू संक्रमित हुन पुग्दा किसानले रोपाइँ समयमै सक्न  नसकेको मन्त्रालयको भनाइ छ ।  

हालसम्म देशभर ६८ प्रतिशत मात्र रोपाइँँ सम्पन्न भएको छ । अघिल्लो वर्ष यही समयमा ८८ प्रतिशतसम्म धान रोपाइँ सम्पन्न भइसकेको थियो । मधेस प्रदेशमा गत वर्षभन्दा आधा रोपाइँ भएको छ । 

मधेस प्रदेशमा ४६ प्रतिशत भएको छ । सोही समयमा अघिल्लो वर्षमा मधेशमा ८८ प्रतिशत सम्पन्न भइसकेको थियो ।  त्यस्तै, सुदूरपश्चिम प्रदेशमा रोपाइँ सम्पन्न भइसकेको छ । उक्त प्रदेशमा ९८ प्रतिशत धान रोपाइँँ सम्पन्न भइसकेको छ ।

मन्त्रालयका अनुसार १३ लाख ५७ हजार हेक्टरमा रोपाइँ हुने यस वर्षको अनुमानमा हालसम्म नौ लाख २७ हजार हेक्टर मात्र रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष ९२ प्रतिशत रोपाइँ हुँदा १३ लाख ५४ हजार हेक्टर जमिनमा रोपाइँँ भएको थियो । 
विशेषगरी मधेस प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएकाले यो कमी देखिएको मन्त्रालयका प्रवक्ता प्रकाश सन्जेलले जानकारी दिए । 

उनले भने, ‘रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा र लम्पी स्किन रोगको प्रभाव कम हुँदै जाँदा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा छ ।’ 

सुझावित समाचार