ललितानिवास प्रकरणमा थुनामा रहेकाहरूको रिट खारेज, चाँडै अनुसन्धान सम्पन्न गर्न परमादेश जारी

शुक्रबार, ५ साउन, २०८०
डिजिटल संस्करण
ललितानिवास प्रकरणमा थुनामा रहेकाहरूको रिट खारेज, चाँडै अनुसन्धान सम्पन्न गर्न परमादेश जारी

फाइल तस्बिर

सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूले दायर गरेकाे रिट खारेज गरेको छ।

शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह, टीकाराम घिमिरे, धर्मप्रसाद गौतम, मीनबहादुर गुरुङलगायतले दायर गरेका सबै बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै थुनामै राख्ने आदेश दिएको हो।

सर्वोच्चले सचिव कृष्णबहादुर राउतको रिट पनि खारेज गरेको छ। उनकाे रिट खारेज भए पनि उनलाई तारेखमा छाडेर  अनुसन्धान तहकिकात छिटो सम्पन्न गर्न परमादेश समेत जारी गरेको छ।

सुझावित समाचार