जंगली च्याउ खाँदा एकै परिवारका पाँचजना सिकिस्त

शुक्रबार, ५ साउन, २०८०
डिजिटल संस्करण

जंगली विषालु च्याउ खाँदा बैतडीमा पाँचजना सिकिस्त बिरामी भएका छन्। 

बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका– ३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा १० वर्षीय भुवन, सात वर्षीया छोरी शारदा र पाँच वर्षीय छोरा दशरथ छन्। 

स्थानीय जंगलबाट ल्याएको च्याउ खाएपछि पाँचैजना सिकिस्त बिरामी परेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। 

प्रहरीका अनुसार उनीहरूलाई उपचारका लागि स्थानीय वासुलिङ स्वास्थ्य चौकी लगिएकामा  त्यहाँ सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको छ। 

See More On

सुझावित समाचार