व्यक्तिहत्या मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका शेरचन पक्राउ

बिहिबार, ४ साउन, २०८०
डिजिटल संस्करण

व्यक्तिहत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार रहेका सम्राट शेरचनलाई प्रहरीले पक्राउ गरी बुधबार अदालतमा पेस गरेको छ । ०६६ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका मुस्ताङको थसाङ घर भई काठमाडौंको जोरपाटी बस्ने शेरचनलाई काठमाडौंको गोकर्णेश्वरस्थित अत्तरखेलबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कर्तव्य ज्यान मुद्दामा ०६७ सालमा मुस्ताङ जिल्ला अदालतबाट एक वर्ष चार महिना कैद ठहर भएको थियो । त्यसपछि पुनरावेदन अदालत बागलुङमा मुद्दा गएको थियो ।

प्रतिवादी शेरचनको हकमा सुरु जिल्ला अदालतको फैसला उल्टी भई उनलाई सर्वस्वसहित जन्मकैद हुने ठहर भएको थियो । फैसलाउपर पुनः पुनरावेदन परेकामा सर्वाेच्च अदालतले ०७२ सालमा १४ वर्ष कैद सजाय ठहर गरेको थियो । 

See More On

सुझावित समाचार