आज पनि सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ। सेयर बजार परिसूचक नेप्से आज ९.९१ अंकले बढेर २१५४.०७ विन्दुमा उक्लिएको छ।
आज बैंकिङ, लगानी, बिमा, उत्पादन, लघुवित्त र अन्य समूहको सेयर बढेको छ। यसमा पनि सबैभन्दा धेरै बिपिडब्लू लघुवित्त र युनाइटेड अजोड इन्स्याेरेन्स कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।
यस दिन दुई सय ५५ वटा कम्पनीका ८६ लाख ७६ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ५४ करोड ८८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आज स्वावलम्बन लघुवित्त कम्पनीको २१ करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।