कांग्रेस रूपान्तरण अभियानले बुझायो पार्टी कार्यालयमा सुझाव [पूर्णपाठसहित]

मंगलबार, २ साउन, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेस रूपान्तरण अभियानले पार्टी कार्यालयमा सुझाव बुझाएको छ। अभियानले सातै प्रदेश र विदेशस्थित जनसम्पर्क समितिहरूसँगको छलफल पछि प्राप्त सुझावहरूलाई सूचीबद्ध गरी पार्टी कार्यालयमा बुझाएको हो ।

विभिन्न राजनीतिक घटनाक्रम र अवस्थाले पार्टीका नेता तथा कार्यकर्तालाई चिन्तित बनाएको भन्दै अभियानले सातवटा बुँदाहरू उल्लेख गरेको छ। अभियानले निर्वाचनमा भएकाे गठबन्धनलाई अस्वाभाविक भन्दै सरकार निर्माणका क्रममा भएको राजनीतिक दुर्घटनाले कार्यकर्तालाई चिन्तित बनाएको दाबी गरेको छ।

त्यसैगरी, भ्रष्टाचार प्रकरणमा पार्टीका नेताहरूको संलग्नता, पार्टीका शुभेच्छुक तथा भ्रातृ संस्थामा देखिएको आन्तरिक अव्यवस्थालगायतका विषयलाई पनि अभियानले सुझावमा समेटेको छ।

सुझावित समाचार