एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत ‘ए’सँग खेल्दै छ। भारतसँगको खेलमा नेपालले पहिलो ओभरको दोस्रो बलमै विकेट गुमाएको छ।
नेपालका कुशल भुर्तेल आउट भएका छन्। उनको स्थानमा देव खनाल क्रिजमा आएका छन्। श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो।
नेपाल शुक्रबार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित भएको थियो। अब नेपालले तेस्रो खेलमा बुधबार युएईको ‘ए’सँग खेल्नेछ। प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ।