राष्ट्रिय सभाको आज बस्ने भनिएको बैठक स्थगित गरिएको छ। प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन भएसँगै आजको राष्ट्रिय सभा बैठक स्थगित गरिएको हो । बैठक भोलि (बिहीबार) १० बजेर एक मिनेटमा बस्ने जनाइएको छ ।
आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची थियो ।