ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई अदालतले दुई दिन थुनामा राख्न अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले उनलाई सोमबार थुनामा राख्न म्याद दिएको हो।
राउतलाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। ०६७ सालमा उनी शाखा अधिकृतका रूपमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा कार्यरत थिए।
त्यति वेला बालुवाटारस्थित विशिष्ट व्यक्तिको निवास विस्तारको नाममा ललितानिवास परिसरको जग्गा हिनामिना भएको थियो। त्यससम्बन्धी विषयमा उनले नै टिप्पणी लेखेको आधारमा सिआइबीले पक्राउ गरेको हो। पक्राउ परेसँगै उनी निलम्बनमा परेका छन्।