सिन्धुपाल्चोक प्रेस युनियनमा सर्वसम्मत कार्यसमिति

सोमबार, २५ असार, २०८०
डिजिटल संस्करण

नेपाल प्रेस युनियन सिन्धुपाल्चोकको छैटौँ अधिवेशनबाट किशोर बुढाथोकीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ।

आइतबार मेलम्चीमा सम्पन्न अधिवेशनले उपाध्यक्ष बुढाथोकीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो। खुला उपाध्यक्षमा निरोज चौलागाईं चयन भए भने महिलातर्फ कमला पाख्रिन मनोनीत भएकी छिन्।

त्यस्तै, सचिवमा अनिस तिवारी, सहसचिव शान्ति श्रेष्ठ र प्रीतम तामाङ, कोषाध्यक्ष आदित्य दाहाल, सहकोषाध्यक्ष सरू श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरूमा भवनाथ आचार्य, अधिराजकुमार बस्नेत, नवीन काफ्ले, चण्डिका नेपाली, पुष्पा सुनार, कौशिला नेपाली, फूलमान तामाङ र नेत्रबहादुर बस्नेत चयन भएका छन्।

सुझावित समाचार