संसद् अवरोध हटाउने विषयमा छलफलका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।
सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहभागी छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गरिरहेको छ।