मोबाइल स्क्र्याच हुनबाट जोगाउन

शुक्रबार, २२ असार, २०८०
डिजिटल संस्करण

- मोबाइलको स्क्रिनमा टेम्पर्ड ग्लास राख्नाले मोबाइलको स्क्रिन स्क्र्याच हुनबाट जोगिन्छ । मोबाइल झुक्किएर खसिहाले पनि स्क्रिन फुट्नबाट जोगिन्छ । मोबाइल खस्नबाट जोगाउन हातमा सजिलै अड्कने खालको नचिप्लिने कभर किन्न पाइन्छ । कभरले मोबाइललाई सुरक्षित राख्छ । 

- पानी र चिसोका कारण मोबाइल बिग्रने गर्छ । त्यस्तै, अत्यधिक तातोले पनि समस्या निम्त्याउँछ । यसलाई स्टोभ, चिम्नी, चुलो तथा हिटरजस्ता उपकरणबाट टाढै राख्नुपर्छ । पसिना, पानी या अन्य तरल पदार्थले भिजेको हातले मोबाइल समाउने गर्न पनि हुँदैन । 

- मोबाइलको चार्ज २० प्रतिशतभन्दा तल हुन दिनुहुँदैन । यस्तो भएमा ब्याट्रीमा समस्या आउन सक्छ । त्यस्तै, रातभर चार्ज गर्न पनि हुँदैन । ब्याट्री ८० प्रतिशत चार्ज भएपछि चार्ज अफ गर्नुपर्छ । 

- मोबाइल सफा गर्दा कहिल्यै पनि स्प्रे र पानीको प्रयोग गर्नुहुँदैन । 

सुझावित समाचार