अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ परेका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ का अध्यक्ष सबदुल मियाँविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
प्रवक्ता दाहालका अनुसार मियाँ भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए।