एसइईको नतिजा सार्वजनिक गर्ने निर्णय, केहीबेरमा सिस्टममा हेर्न मिल्ने

बिहिबार, २१ असार, २०८०
डिजिटल संस्करण

एसइईको नतिजा सार्वजनिक गर्ने निर्णय भएको छ। 

राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। उनका अनुसार केहीबेरमा सिस्टममा नतिजा हेर्न मिल्नेछ। 

बोर्डले नतिजाबारे जानकारी दिन केही बेरपछि पत्रकार सम्मेलन गर्दै छ। एसइई परीक्षा गत चैत १७ गतेदेखि २९ सम्म भएको थियो। परीक्षामा देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सामुदायिक र निजी विद्यालयका गरी १२ हजार ८३ विद्यालयका चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी सहभागी थिए। 

जसमा छात्रा दुई लाख ४२ हजार सात सय १२ र छात्र दुई लाख ४२ हजार ६ सय ७४ जना थिए । कक्षा नाैदेखि प्राविधिक धारसमेत पठनपाठन गराउँदै आएका विद्यालयबाट १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी भएका थिए।
 

सुझावित समाचार