अर्थोडोन्टिक उपचार पद्धति : यसरी बनाइन्छ दाँतलाई सीधा

बिहिबार, २१ असार, २०८०
डिजिटल संस्करण

विभिन्न कारणले गर्दा बांगोटिंगो देखिएका वा नमिलेका दाँतलाई उपचार गर्ने विधिलाई अर्थाेडोन्टिक उपचार भनिन्छ । यस पद्धतिमा तारको माध्यमले बांगोटिंगो र नमिलेको दाँतको उपचार गरिन्छ । साथै, अनुहारको हड्डीको समस्याको रोकथाम र उपचारसमेत गरिन्छ । बांगोटिंगो वा नमिलेको दाँत बाहिरबाटैै देखिने गर्छ । 

समस्याका कारण

- कतिपयमा उम्रँदै दाँत बांगोटिंगो हुन्छ । कतिपयमा पछि विभिन्न कारणले यस्तो समस्या देखिन्छ । अहिले अधिकांश मान्छेमा दाँत अडिने हड्डीको भाग सानो देखिएको छ । जसले गर्दा दाँत बांगोटिंगो हुने क्रम पनि बढ्दो छ । दाँत नअटाएर बाहिर वा भित्र उछिट्टिएको हुन्छ । 

- व्यस्त जीवनशैलीले गर्दा बच्चालाई बाहिरका खानेकुरा दिइन्छ । जसमा चिनीजन्य गुलियो पदार्थ खाने हुन्छ । जसकारण, उम्रिँदै दाँत किराले खान्छ र हराउँछ । बच्चा वेलाको दाँतले स्पेस मेन्टेनर अर्थात् त्यसपछि पलाउने दाँतलाई सही ठाउँमा उम्रिन सहयोग गर्छ । तर, गुलियो खानेकुरा खायो भने दाँत किराले खान्छ र टुप्पो मात्रै रहन्छ । त्यो समस्याले गर्दा पनि बिग्रन्छ । 

- समयभन्दा पहिले दाँत निकाल्ने चलन पनि छ । समय ढल्केपछि पनि बेवास्ता गर्ने र चिकित्सककहाँ चेकअपका लागि नजानेहरू पनि छन् । यसले समस्या निम्त्याउँछ । 

- बच्चाहरूमा औंला चुसिरहने बानी, मुख खोलेर सुत्ने बानी हुन्छ, नङ टोक्ने बानी, जिब्रो बाहिर–भित्र गर्ने क्रियाकलापले पनि दाँत बांगोटिंगो हुने र बाहिर निस्कने हुन्छ । अर्थोडोन्टिकको समस्या हुन सक्छ ।

- बच्चाको हड्डीको विकास हुँदा दाँत उम्रिँदा बांगोटिंगो हुन सक्छ । समयमै सही उपचार गर्न सक्यो भने पनि हड्डी बढ्ने वेला समस्या नआउन सक्छ । १३–१४ वर्षको उमेरमा उपचार गर्नु उपयुक्त हुन्छ । 

- दाँतको संख्यामा तलमाथि हुँदासमेत दाँत बांगोटिंगो हुने गर्छ । 

उपचार किन आवश्यक छ ? 
- हिजोआज नमिलेको तथा बांगोटिंगो दाँतको उपचार गराउनेको संख्या बढ्दो छ । जुन आवश्यक पनि हुन्छ, बांगो दाँत भएमा सफा गर्न गाह्रो हुने, दाँतमा किरा लाग्ने, गिजामा समस्या हुने तथा खाना चपाउनसमेत गाह्रो हुन्छ । 

- दाँत राम्रोसँग मिलेको छैन खानेकुरा चपाउन पनि गाह्रो हुन्छ । दाँतको ज्वाइन्ट नमिलेकाहरूमा टाउको दुख्ने समस्या पनि हुन सक्छ । 

- बोल्न गाह्रो हुने र अनुहार असुहाउँदो देखिनेजस्ता समस्या हुन्छन् । यसको समाधानका लागि अर्थोडोन्टिक उपचार जरुरी हुन्छ । 

उपचार विधि
- दाँतमा तार बाँध्ने विधिमार्फत उपचार गर्न सकिन्छ । यसलाई फिक्स अर्थोडोन्टिक भनिन्छ । नयाँ प्रविधिको उपचार पनि आएको छ । जुन तार बाँध्न नपर्ने हुन्छ, यसलाई एलाइनर भनिन्छ । यो चाहिएको वेलामा आफैँ निकाल्न पनि सकिन्छ । अन्य विभिन्न पद्धति पनि छन् । 

- एलाइनर विधिबाट उपचार गर्दा खानेकुरा अड्किने डर हुँदैन, बाहिर देखिँदैन । सुरुकोे अवस्थाको दाँत हेरेर नै उपचारपछि कस्तो हुन्छ भनेर थाहा पाउन सकिन्छ । त्यसैले एलाइनर उपचार पद्धति निकै प्रभावकारी छ । तर, यो केही महँगो छ । 

- सम्बन्धित विशेषज्ञसँग मात्रै अर्थोडोन्टिक उपचार गराउनुपर्छ । दाँतको अवस्थाको परीक्षण गरेर एक्सरे, दाँतको नाप, मुखबाहिर र भित्रका तस्बिर लिएर दाँतको जटिलताको आधारमा उपचार सुरु गरिन्छ । 

See More On

सुझावित समाचार